2 Samuel 5:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ इस्राएलका सबै अगुवाहरू दाऊदकहाँ हेब्रोनमा आए। त्‍यहाँ उनले तिनीहरूसित गम्‍भीर वाचा बाँधे, तिनीहरूले उनलाई आफ्‍ना राजा अभिषेक गरे र उनी इस्राएलका राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्‍यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्‍ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब राजाले तिनीहरूसित याहवेहको करार बाँधे। अनि तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
Nepali ERV (पवित्र बाइबल)
यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।