2 Samuel 5:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समय आयो, जब दाऊद र तिनका सेना यरूशलेममाथि आक्रमण गर्न अघि बढे। दाऊदले सहरमाथि कब्जा गर्न सक्नेछैनन् भनी त्यहाँका बासिन्दा यबूसीहरूले सोचे र तिनलाई भने, “यहाँ तपाईं आउन सक्नुहुन्न, हाम्रा अन्धा र लङ्गडा मानिसहरूले नै तपाईंलाई रोक्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि दाऊद राजा र तिनका मानिसहरू यरूशलेममा बस्ने यबूसीहरूलाई आक्रमण गर्न गए। यबूसीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्न, अन्धा र लङ्गड़ाहरूले पनि तपाईंलाई भगाउन सक्नेछन्।” उनीहरूको विचार यही थियो कि दाऊद कहिल्यै भित्र आउन सक्नेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा दावीद र तिनका मानिसहरू यरूशलेममा बस्ने यबूसीहरूलाई आक्रमण गर्न यरूशलेमतिर लागे। यबूसीहरूले दावीदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्न। अन्धा र लङ्गडाहरूले नै तपाईंहरूलाई धपाउन सक्नेछन्।” तिनीहरूले सोचेका थिए, “दावीद यहाँ पस्न सक्नेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
राजा र तिनका मानिसहरू यरूशलेममा बसिरहेका यबूसीहरूको बिरूद्धमा गए। यबूसीहरूले दाऊदलाई भने, “तिमी हाम्रा शहरमा पस्नसक्दैनौ। यहाँसम्म हाम्रा अन्धा र लङ्गडाहरू नै तिमीलाई रोक्न यथेष्ट हुनेछन।” (तिनीहरूले किन यसो भनेपछि दाऊद तिनीहरूको शहरभित्र पस्नसक्दैन भन्ने विचार थियो।