2 Samuel 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन दाऊदले आफ्‍ना मानिसहरूलाई भने, “के यहाँ म जति नै यबूसीहरूलाई घृणा गर्ने कोही छन्‌? र तिनीहरूलाई मार्न चाहन्‍छन्? त्‍यसो भए पानीको नालाबाट भएर जाओ र ती अन्‍धा र लङ्गडाहरूलाई आक्रमण गर।” (त्‍यसैले यसो भनिन्‍छ, “कुनै अन्‍धा र लङ्गडा परमप्रभुको भवनमा पस्‍न सक्‍नेछैन।”)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन दाऊदले भने, “हरेक जसले यबूसीहरूलाई जित्‍छ, त्‍यसले दाऊदका शत्रु ‘अन्‍धा र लङ्गड़ाहरूलाई’ पानीको नालबाट पसेर भेट्टाउनुपर्नेछ।” त्‍यसैकारण तिनीहरू भन्‍छन्, “कुनै ‘अन्‍धा र लङ्गड़ा’ महलमा आउनेछैनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन दावीदले भने, “यबूसीहरूलाई जित्न चाहने जोसुकै पनि पानीको नाला भएर दावीदका शत्रुहरू ‘लङ्गडा र अन्धाहरूकहाँ’ पुग्नुपर्नेछ। त्यसैकारण तिनीहरू भन्दछन्, ‘अन्धा र लङ्गडा’ महलमा पस्‍न पाउनेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन दाऊदले उसका मानिसहरूलाई भने, “यदि तिमीहरू यबूसीहरूलाई हराउन चाहान्छौ भने पानी बगीरहेको सुरूङको पर्खाल भित्र भएर ‘अन्धा र लङ्गडा’ शत्रु भएकहाँ पुग।” यसकारण मानिसहरूले भन्ने गर्छन्, “अन्धा र लङ्गडाहरू पवित्र स्थानहरूमा आउन पाउदैन।”