2 Samuel 6:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले तिनले सन्दुक आफूसित यरूशलेम नलैजाने निर्णय गरे र त्यसको बदलीमा अर्कै बाटो लिई त्यो गात नगरको बासिन्दा ओबेद-एदोमको घरमा पुर्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको सन्दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्दूक पुर्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको सन्दुकलाई दावीदको सहरमा आफूसँग लैजान चाहेनन्। यसको सट्टा तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे।