2 Samuel 6:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र परमेश्वरको करारको सन्दुक यहूदाको बालाबाट लिई आउन तिनीहरूलाई साथमा लिई त्यहाँ गए। सन्दुकचाहिँ स्वर्गीय प्राणीहरूमाथि विराजमान हुनुहुने सर्वशक्तिमान् परमप्रभुको नामले चिनिन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यी सबै मानिसहरूका साथमा परमेश्वरको सन्दूक ल्याउनलाई यहूदाको बालाबाट दाऊद निस्केर गए, त्यो सन्दूक जसलाई करूबहरूका बीचमा विराजमान हुनुभएका सर्वशक्तिमान् परमप्रभुको नाउँद्वारा डाकिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी र तिनीसँग भएका सबै मानिसहरू सन्दुकमा भएका करूबहरूको बीच सिंहासनमा विराजमान हुनुहुने सेनाहरूका याहवेहको नामद्वारा चिनिएको परमेश्वरको सन्दुकलाई ल्याउन भनी यहूदाको बालाका लागि निस्के।
Nepali ERV (पवित्र बाइबल)
तब दाऊद र तिनका मानिसहरू यहूदाको बालाथमा गए। तिनीहरूले यहूदाको बालाथबाट परमेश्वरको पवित्र सन्दूकलाई यरूशलेम पुर्याए। मानिसहरू परमेश्वरको आराधना गर्न पवित्र सन्दूकको सामुन्ने गए। पवित्र सन्दूक परमप्रभुको सिंहासन जस्तै हो। पवित्र सन्दूकको माथिल्लो भागमा करूब परीका मूर्तीहरू बिराजमान छन्। अनि परमप्रभु चाहिं यी परीहरूका माझमा राजा झै बस्नु भएको छ।