2 Samuel 6:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि जब आफ्‍ना परिवारलाई भेट्‍न दाऊद महल गए, तब मीकल तिनलाई भेट्‍न आइन् र भनिन्, “इस्राएलका राजाले आफ्‍नो निम्‍ति आज ठूलो नाम कमाए। तिनले आफ्‍ना भारदारहरूका दासीहरूका अघि आफैंलाई मूर्खझैँ तुल्‍याए!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद आफ्‍ना घरानालाई आशीर्वाद दिन आउँदा शाऊलकी छोरी मीकल तिनलाई भेट्‌न बाहिर निस्‍केर आइन्, र भनिन्, “इस्राएलका राजाको निम्‍ति आज कस्‍तो गौरवको दिन! तिनले आफ्‍ना दासीहरूका दृष्‍टिमा नाङ्गो बनेर आफैलाई ढँटुवारेजस्‍तै बनाए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दावीद आफ्ना परिवारलाई आशिष् दिन घर फर्के, तब शाऊलकी छोरी मीकल तिनलाई भेट्न बाहिर निस्केर आइन् र भनिन्, “इस्राएलका राजाले नीच मानिसले गरेझैँ आफ्ना नोकरहरूका दासीहरूले देख्ने गरी आज कसरी आफूलाई नाङ्गो तुल्याएका छन्!”
Nepali ERV (पवित्र बाइबल)
दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेटून आइनन्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैलाई सम्मान गरेनन्। आफ्नै नोकर्नीहरूका अघि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।”