2 Samuel 6:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद र सबै इस्राएलीहरू परमप्रभुको सम्मानमा बडो जोश र जोडसित नाच्दै र गाउँदै थिए। तिनीहरूले सारङ्गी, वीणा, ढोल, खैँजडी र झ्याम्टा बजाइरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद र सबै इस्राएलीहरूका घराना बड़ो जोशसाथ आनन्दले गाना, वीणा, सारङ्गी, खैँजड़ी, मृदङ्ग र झ्यालीको सुरमा रमाहट गर्दैथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद र इस्राएलका सारा मानिसहरू गीत, वीणा, सारङ्गी, खैँजडी, मृदङ्ग र झ्यालीको साथमा याहवेहको सामु आफ्ना पूरा जोशले उत्सव मनाउँदै हिँडिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
दाऊद अनि इस्राएलीहरू नाच्दै र संगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा संगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंकुबाट काठका बाजाहरू अनि झ्यालीहरू थिए।