2 Samuel 7:10 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-11] मैले आफ्‍नो प्रजा इस्राएलको निम्‍ति एउटा ठाउँ चुनेको छु र उनीहरूलाई त्‍यहाँ बसालेको छु र त्‍यहाँ उनीहरू अब उसो कसैबाट आउने अत्‍याचारबिना बास गर्नेछन्। उनीहरू यस स्‍थानमा पसेको दिनदेखि उनीहरूलाई डरलाग्‍दा जातिले आक्रमण गरेका छन्, तर फेरि त्‍यस्‍तो हुनेछैन। म तँलाई तेरा सबै शत्रुहरूबाट सुरक्षित राख्‍ने र तँलाई सन्‍तानहरू दिने प्रतिज्ञा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो प्रजा इस्राएलको निम्‍ति एउटा स्‍थान नियुक्त गर्नेछु, र तिनीहरूका आफ्‍नै एउटा वासस्‍थान हुनेछ र तिनीहरूलाई कसैले फेरि कहिल्‍यै सताउनेछैन। सुरु-सुरुमा गरेझैँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्‍ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्‍ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्; जसरी विगतमा तिनीहरूले गरेका थिए।