2 Samuel 7:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तँ मरेर तेरा पुर्खाहरूसित गाडिनेछस्, तेरो एउटा छोरालाई राजा बनाउनेछु र त्यसको राज्यलाई शक्तिशाली बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पित्रहरूसँग विश्राम गर्नेछस्, तब म तेरै सन्तानमध्येबाट, तेरै शरीरबाट एक जना, तेरो उत्तराधिकारी हुनलाई उठाउनेछु, र त्यसको राज्य स्थिर गराउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित विश्राम गर्नेछस्, तब म तँपछि तेरो वंशलाई खडा गर्नेछु, जो तेरो आफ्नै मासु र रगतबाट हुनेछ। म त्यसको राज्य स्थापित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।