2 Samuel 7:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ। त्यसको वंश सदासर्वदा रहिरहनेछ। त्यो म पक्का गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ, र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। म त्यसको राज्यको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु।