2 Samuel 7:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राजाले नातान अगमवक्तालाई भने, “म त यहाँ देवदारुको काठले बनेको महलमा बसेको छु; तर परमेश्‍वरको करारको सन्‍दुक एउटा पालमा राखिएको छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्‍दैछु, तर परमप्रभुको सन्‍दूक भने पालमा राखिएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले अगमवक्ता नातानलाई भने, “म यहाँ देवदारुको महलमा बस्दैछु, तर परमेश्‍वरको सन्दुकचाहिँ एउटा पालभित्र छ।”
Nepali ERV (पवित्र बाइबल)
राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।”