2 Samuel 7:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म बिन्‍ती गर्दछु, मेरो सन्‍तानलाई आशिष् दिनुहोस् र तिनीहरूले तपाईंको कृपादृष्‍टि सदैव पाइराखून्। हे सार्वभौम‌ परमप्रभु! तपाईंले यो प्रतिज्ञा गर्नुभएको छ र तपाईंको आशीर्वाद सदासर्वदा मेरा सन्‍तानमाथि रहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले अब आफ्‍नो दासको घरानालाई आशिष्‌ दिनुहोस्, र त्‍यो तपाईंको नजर अगि रहिरहोस्‌। किनकि हे परमप्रभु परमेश्‍वर, तपाईंले बोल्‍नुभएको छ, र तपाईंका आशिष्‌द्वारा नै तपाईंको दासको घरानाले सदासर्वदाको आशिष्‌ पाउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब आफ्नो सेवकको घरानालाई आशिष् दिनुहोस्, र यो कुरा तपाईंको दृष्‍टिमा सदाका निम्ति कायम रहोस्। किनकि तपाईं सर्वशक्तिमान् याहवेह, बोल्नुभएको छ। तपाईंको आशिष्‌ले तपाईंको सेवकको घर सदा आशिषित रहनेछ!”
Nepali ERV (पवित्र बाइबल)
मेरा परिवारलाई आशीर्वाद दिनुहोस्। तिनीहरूलाई सधैं तपाईंको सामुन्ने उभिएर सेवा गर्न दिनुहोस्। परमप्रभु मेरा मालिक, तपाईं आफैले यसो भन्नु भएको थियो। तपाईं आफैले मेरा परिवारलाई सधैं भरिको निम्ति आशीर्वाद दिनुभयो।”