2 Samuel 8:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एदोम, मोआब, अम्‍मोन, पलिश्‍त र अमालेकबाट ल्‍याएका सुन र चाँदीहरू र हददेजेरबाट लूटेका सामानमध्‍येबाट पनि यस कामको निम्‍ति छुट्ट्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती हुन्‌: एदोम, मोआब, अम्‍मोनीहरू, पलिश्‍ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती देशहरू एदोम, मोआब, अम्मोनी, पलिश्ती, र अमालेकी थिए। तिनले सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका मालसामानहरू पनि अर्पण गरे।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले अराम, मोआब, अम्मोन, पलिश्ती अमालेकहरूलाई हराए। सोबाका राजा रहोबको छोरा हददेजेरलाई पनि हराए।