2 Samuel 8:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले एदोमभरि फौजी छाउनीहरू बसाले र एदोमीहरू उनका अधीनमा भए। परमप्रभुले दाऊदलाई सबै ठाउँमा विजयी गराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि फर्कंदा तिनले एदोमभरि छाउनीहरू राखे, र सबै एदोमीहरू तिनका अधीनमा भए। यसरी दाऊद जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले एदोमभरि सैन्य छाउनीहरू बनाए; र सारा एदोमीहरू दावीदको अधीनमा भए। दावीद जहाँ-जहाँ गए, याहवेहले तिनलाई विजय दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले एदोममा सैनिक छाउनीहरू बनाए। एदोमका सम्पूर्ण क्षेत्रमा सैनिक छाउनी बनाए। एदोमका सबै मानिसहरू दाऊदका सेवक बने। परमप्रभुले दाऊदलाई जता ततै विजय दिलाउनु भयो।