2 Samuel 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूको देशमा तिनले आफ्‍ना सेनाका छाउनी बसाले र अरामी तिनका अधीनमा भए र तिनलाई राजकर तिर्थे। परमप्रभुले दाऊदलाई सबैतिर विजयी बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले यी अरामीहरूका बीचमा छाउनी राखे। उनीहरू तिनका अधीनमा भए, र तिनलाई राजकर तिर्ने गरे। यसरी नै जहाँ दाऊद गए, परमप्रभुले तिनलाई विजयी तुल्‍याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले दमस्कसका अरामी सैनिकका बीच मोर्चा बसाले; अनि अरामीहरू तिनका अधीनमा भएर सलामी ल्याए। दावीद जहाँ गए पनि याहवेहले तिनलाई विजय दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दाऊदले दमिशकको अराममा सेनाको एउटा छाउनी बनाए। अरामीहरू दाऊदका सेवक भए र राजस्व ल्याए। परमप्रभुले दाऊदलाई जता-ततै विजय गराउनु भयो।