2 Thessalonians 1:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा प्रभु येशू आउनुहुने दिनमा हुन्‍छन्। त्‍यस दिन प्रभु येशूले आफ्‍ना पवित्र जनहरूबाट र सबै विश्‍वासीहरूबाट आदर र स्‍तुति पाउनुहुनेछ। तिमीहरू पनि तिनीहरूसँग हुन्‍छौ किनभने तिमीहरूले हाम्रो साक्षी पत्‍यायौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्‍यस दिन उहाँका सन्‍तहरूमा महिमा पाउन र विश्‍वास गर्नेहरू सबैलाई आश्‍चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्‍वास गर्‍यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्‍वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूले हाम्रा गवाहीलाई विश्‍वास गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
यो त्यस दिन हुन्छ जुन दिन प्रभु येशू आउनु हुनेछ। उहाँ आफ्नो पवित्र सन्तहरूसित महिमा लिन आउनु हुनेछ। अनि तिनीहरू जजसले विश्वस गर्छन येशूलाई देखेर आश्चर्यचकित हुनेछन्। तिमीहरू तिनै विश्वासीहरू मध्ये हुनेछौ किन कि हामीले दिएको साक्षी तिमीहरूले विश्वास गरेका छौ।
Nepali Tamang 2011
चु ताम चा प्रभु येशू फेप्‍खबा धुइरी तला। थे धुइरी परमेश्‍वरला जम्‍मान विश्‍वास लबा म्‍हिगदेसे प्रभु येशूदा ल्‍हानान जयजयकार लला। जमा धुइरी एनीगदेएनोन थेनीगदेदेन छ्‌यामनोन तला, तिग्‍दा भिसम ङन्‍से पाङ्बा तामरी एनीगदेसे विश्‍वास लजी।