2 Thessalonians 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दु:ख सहने तिमीहरू र हामीहरूलाई उहाँले छुटकारा दिनुहुनेछ। उहाँले प्रभु येशू शक्तिशाली दूतहरूसँग स्‍वर्गबाट आउनुहुँदा यी सब गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिमी कष्‍ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्‍छ। यो तब हुन्‍छ, जब प्रभु येशू आफ्‍ना शक्तिशाली स्‍वर्गदूतहरूसँग बल्‍दो आगोमा स्‍वर्गबाट प्रकट हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि कष्टमा परेका तिमीहरूलाई परमेश्वरले शान्ति दिनुहुन्छ। परमेश्वरले यस्तै सहायता गर्नुहुन्छ जब प्रभु येशू आउनु हुन्छ। उहाँको शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट येशू तल आउनु हुनेछ।
Nepali Tamang 2011
प्रभु येशू ख्रीष्‍ट शक्तिशाली स्‍वर्गदूतगदेदेन मेला ल्‍हामरी स्‍वर्गग्‍याम फेप्‍खला। ओच्‍छे दुख नाबा ङन्‍देन एनीगदेदा थे धुइरीन परमेश्‍वरसे य्‍हाङदा चु दुखग्‍याम फेला।