2 Thessalonians 2:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले प्रेम गर्नुभएका दाजुभाइहरू, तिमीहरूका लागि हामीले सधैँ धन्यवाद चढाउनैपर्छ किनभने परमेश्वरले तिमीहरूलाई आत्माको पवित्रता र सत्य विश्वासमा सुरुमै मुक्ति दिन भन्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुले प्रेम गर्नुभएका भाइहरू, तिमीहरूका निम्ति हामी परमेश्वरमा सधैँ धन्यवाद चढ़ाउन बाध्य छौं, किनकि सुरुदेखि नै पवित्र आत्माको पवित्र तुल्याउने कामद्वारा र सत्यतामाथिको विश्वासद्वारा बाँच्नलाई परमेश्वरले तिमीहरूलाई चुन्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रभुद्वारा प्रेम गरिएका हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका लागि हामीले परमेश्वरलाई सधैँ धन्यवाद चढाउनैपर्छ; किनकि परमेश्वरले तिमीहरूलाई पवित्र आत्माको शुद्धीकरणद्वारा र सत्यतामाथिको विश्वासद्वारा सुरुदेखि नै मुक्तिको लागि पहिलो फलको रूपमा चुन्नुभयो ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! प्रभुले तिमीहरूलाई माया गर्नु हुन्छ। तिमीहरूको मुक्तिको लागि परमेश्वरले शुरूदेखि नै तिमीहरूलाई छान्नुभएको हो। यसैले तिमीहरूकालागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौं। आत्माद्वारा पवित्र बनेर अनि सत्यमा विश्वासी बनेर तिमीहरू बाँचेका छौ।
Nepali Tamang 2011
प्रभुसे माया लबा आलेगदे, एनीगदेला लागिरी ङन्से सदन परमेश्वरदा धन्यवाद पिन्नोन तोःबा मुला। तिग्दा भिसम एनीगदेदा तिगै दोष आरेबा म्हि स्होबारी परमेश्वरला आत्मादेन एनीगदेसे विश्वास लबा सत्य तामग्याम थार्बा याङ्गै भिसी परमेश्वरसे एनीगदेदा ङाच्छाहेन्सेन धम्बा हिन्ना।