2 Thessalonians 2:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूलाई कसैले पनि कुनै किसिमले झुक्याउन नपाओस्। परमेश्वरको विरोधमा ठूलो उपद्रो नभएसम्म र नाश हुनुपर्ने व्यवस्था भङ्ग गर्ने मानिस नआएसम्म प्रभुको दिन आउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्। किनकि पहिले विद्रोह नभएसम्म पापको मानिस, अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई कसैले कुनै किसिमले धोकामा नपारोस्। विश्वास परित्याग नभएसम्म पापको मानिस, जो विनाशको पुत्र हो, त्यो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो।
Nepali Tamang 2011
ओच्छे एनीगदेदा खालैसेन तिगै ताम लसी फसब थालगै। तिग्दा भिसम पाप गे लबादेन नाश ततोःबा म्हि खसी परमेश्वरदा ल्हानान बिरोध आलतेधोना प्रभु फेप्खबा धुइ आख।