2 Thessalonians 2:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो व्यवस्था भङ्ग गर्नेले आफ्‍ना कामहरू भित्रभित्रै सुरु गरिसकेको छ। तर त्‍यसलाई थामिराख्‍ने शक्ति नहटेसम्‍म यसको दुष्‍ट कामहरू बाहिर देखिनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि अधर्मको रहस्‍यले अघिबाटै काम गरिरहेछ। अहिलेसम्‍म जसले त्‍यसलाई रोकिराख्‍नुभएको छ, उहाँ नहटुञ्‍जेल त्‍यसलाई रोकी नै राख्‍नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि अधर्मको शक्ति गुप्‍त रूपले अगिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नु हुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइञ्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम थे परमेश्‍वरला बचन आङ्‌यान्‍बा म्‍हिसे न्‍हङ न्‍हङ‌नोन गे लसी जिन्‍बा मुला। तर थेदा रोकब लसी थान्‍बा शक्तिसे थेदा आख्‍लातेधोना थेसे लबा नइबा गेगदे म्राङ्आखम।