2 Thessalonians 3:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु येशू ख्रीष्टमा हामी त्यस्ता मानिसहरूलाई चेतावनी दिएर भन्दै छौं, तिनीहरूले चुपचापसँग काम गरून् र आफ्नो पेट भर्न आफैं कमाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब यस्ता मानिसहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा हामी आज्ञा र अर्ती दिन्छौं, कि तिनीहरूले चूपचाप आफ्ना काम गरून् र आफ्ना जीविका चलाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्।
Nepali ERV (पवित्र बाइबल)
हामी ती मानिसहरूलाई आदेश दिन्छौं कि तिनीहरूले अरू मानिसहरूलाई दुःख नदिउन्। हामी तिनीहरूलाई आदेश दिन्छौं कि तिनीहरू आफ्नो छाक जुटाउन आफैं मेहनत गरून्। प्रभु येशू ख्रीष्टको निम्ति तिनीहरूले यस्तो गरून् भनी हामी सविनय विन्ति गर्छौं।
Nepali Tamang 2011
थेतबासेलमा थेह्रङ्बा म्हिगदेदा प्रभु येशू ख्रीष्टला अधिकारग्याम ङाइ चुह्रङ् लसी कुल्ला। थेनीगदे कुटिसी ह्राङ ह्राङला गे लगै ओच्छे ह्राङ ह्राङलान यासे स्होसी चउ।