2 Timothy 1:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारणले म यी कुराहरूमा दु:ख भोग्दै छु। तर मलाई यसमा लाज लाग्दैन किनभने मैले कसमा विश्वास राखेको छु, मलाई थाहा छ। परमेश्वरले मेरो जिम्मा लगाउनुभएको कुरालाई उहाँले नै त्यस दिनसम्मको लागि जोगाएर राख्नुहुनेछ। यसमा म ढुक्क छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ, जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु, त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले यी कष्टहरू भोगिरहेको छु, तरै पनि म शर्माउँदिनँ। किनकि मैले कसमाथि विश्वास राखेको छु, सो म जान्दछु, र त्यस दिनसम्मको लागि मैले उहाँलाई जे सुम्पेको छु, उहाँले त्यो सुरक्षित राख्नुहुनेछ भनी म निश्चित छु।
Nepali ERV (पवित्र बाइबल)
त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छुइन। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म उहाँ सामर्थ हुनु हुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा ङाइ चु दुखएनोन नाबान मुला। तसैनोन ङा खाइमै आपेःनी। तिग्दा भिसम ङाइ खाल्दा विश्वास लबा मुला थे ताम ङादा था मुला। ओच्छे जुन गे थेसे ङादा जिम्मा पिन्बा मुला थे जम्मान गे थेसे पूरा लखम्ला। निसाफ लबा धिन आततेधोना थे गे पूरा लबारी ङादा भङ पिन्ना भिबा तामरी ङा ढुक्क मुला।