2 Timothy 1:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो शुद्ध विवेकसँग म मेरा पितापुर्खाले गरेझैँ परमेश्वरको काम गर्न आएको छु। उही परमेश्वरलाई तिम्रै सम्झनामा रातदिन प्रार्थना गर्दा धन्यवाद दिन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म तिमीलाई निरन्तर आफ्ना प्रार्थनाहरूमा सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्वरलाई धन्यवाद दिन्छु; जसको सेवा म मेरा पुर्खाहरूले गरेझैँ शुद्ध विवेकले गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु।
Nepali Tamang 2011
ङाला झा, ङाइ सदन धिन म्हुन प्रार्थना लबा धुइरी एदा ढन्सी परमेश्वरदा धन्यवाद पिन्बा मुला। ङाला आखे म्हेमेगदेसे तेन्बा ह्रङ् लसी ङाइ सेमहेन्सेन परमेश्वरदा तेन्बा मुला।