2 Timothy 1:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई तिमीमा भएको त्‍यो सोझो विश्‍वासको सम्‍झना छ। तिम्री बजै लोइस र आमा युनिसमा सोझो विश्‍वास थियो र तिम्रो पनि त्‍यस्‍तै सोझो विश्‍वास भएको मलाई सम्‍झना छ र अझै तिमीमा त्‍यस्‍तै विश्‍वास छ भन्‍ने मेरो विश्‍वास छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई तिम्रो निष्‍कपट विश्‍वासको सम्‍झना हुन्‍छ। त्‍यो विश्‍वास, जो पहिले तिम्री बज्‍यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्‍चय छ, त्‍यो विश्‍वास तिमीमा पनि रहेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई तिम्रो निष्कपट विश्‍वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्‍वास अब तिमीमा पनि छ भनेर म निश्‍चित छु।
Nepali ERV (पवित्र बाइबल)
म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ।
Nepali Tamang 2011
एसे सेमहेन्‍सेन लबा एला ज्‍यबा विश्‍वास ङाइ ढन्‍बा मुला। थे विश्‍वास चा ङाच्‍छा एला मम लोइसदेन आमा युनिससेनोन लमुबा। एला ममदेन आमासे लबा ह्रङ्‌बान विश्‍वास एसेनोन लबा मुला भिबा तामरी ङा ढुक्‍क मुला।