2 Timothy 1:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले हाम्रा प्रभुको साक्षी दिन र म कैदी भएकोमा लाज नमान्न बरु तिमी पनि परमेश्वरको बलले सुसमाचार सुनाउन दु:ख उठाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख-भोगमा तिमी सहभागी होऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हाम्रा प्रभुको साक्षी दिन शर्म नमान, न त उहाँको कैदी, मेरो विषयमा नै; तर सुसमाचारका लागि कष्टमा परमेश्वरको शक्तिद्वारा मसँग सहभागी होऊ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा य्हाङला प्रभुला बारेरी पाङ्बारी थापेःगो, ओच्छे ङा झ्याल्खानरी मुला भिसीएनोन थापेःगो। तर परमेश्वरग्याम शक्ति याङ्सी थार्बा पिन्बा समाचार थेःना लसी ङादेन छ्यामनोन दुख नाबारी तयार तउ।