2 Timothy 1:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले नै हामीलाई बचाएर आफ्‍नै मानिस हुन बोलाउनुभयो। हामीले गरेका कामले होइन तर उहाँका आफ्‍नै विचारले र अनुग्रहले परमेश्‍वरले हामीलाई आफ्‍नो पार्नलाई बचाएर बोलाउनुभयो। सृष्‍टिभन्दा अघि नै हामीलाई ख्रीष्‍ट येशूले यो अनुग्रह दिनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्‍नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्‍ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले हामीलाई बचाउनुभएको छ, र पवित्र जीवन जिउनको लागि बोलाउनुभएको छ; हामीले गरेका कामका आधारमा होइन, तर उहाँको आफ्नै उद्देश्य र अनुग्रहको कारणले हो। यो अनुग्रह हामीलाई समयको सुरुभन्दा अगिदेखि नै ख्रीष्‍ट येशूमा दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो।
Nepali Tamang 2011
परमेश्‍वरसे य्‍हाङदा थार्ना लबा मुला। थेसे य्‍हाङला गे म्राङ्सी आहिन, तर थेसे म्‍हन्‍बा अन्‍छार ह्राङलान दयामायाग्‍याम य्‍हाङदा ह्राङला म्‍हि स्‍होबारी ङ्‌योइबा हिन्‍ना। चु ताम थेसे दङबोरीन ख्रीष्‍ट येशूग्‍याम य्‍हाङदा पिन्‍बा मुबा।