2 Timothy 2:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमेश्वरले छानेकाहरू येशू ख्रीष्टमा भएको चहकिलो र सधैँभरि रहने मुक्ति पाउन सकून् भनेर म तिमीहरूका लागि सबै कुरा सहन सक्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्त महिमासहित ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण परमेश्वरले चुन्नुभएका मानिसहरूका निम्ति ख्रीष्ट येशूमा भएको अनन्त महिमासहितको मुक्ति पाऊन् भनेर म हरेक कुरा सहन्छु।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्वरसे धम्बागदेला लागिरी ङाइ जम्मान दुख नाला। तिग्दा भिसम थेनीगदेसेनोन जुकजुकधोनाला य्हालदेन शक्ति ओच्छे ख्रीष्ट येशूग्याम थार्बा याङ्गै भिसी ङाइ चु दुख नाबा हिन्ना।