2 Timothy 2:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा मानिसहरूलाई यस कुरामा सम्‍झाइदेओ। शब्‍द-शब्‍दमा लडाइँ नगर्नू भनेर तिनीहरूलाई परमेश्‍वरकै सामुन्‍नेमा सम्‍झाऊ। झगडाबाट त केही पनि फाइदा हुँदैन। यसले त ती सुन्‍ने मानिसहरूलाई नै बिगार्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा तिनीहरूलाई सम्‍झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्‍दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्‍नेहरूलाई हानि पुर्‍याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरका मानिसहरूलाई यी कुराहरूका विषयमा स्मरण गराइरहनू। परमेश्‍वरको उपस्थितिमा तिनीहरूलाई चेतावनी देऊ, तिनीहरू शब्दहरूको विषयमा तर्कवितर्क नगरून्; किनकि यसबाट केही फाइदा हुँदैन, तर सुन्‍नेहरूलाई नोक्सानी मात्र पुर्‍याउँछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे र्तक गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ।
Nepali Tamang 2011
चु ताम थेनीगदेदा घोना लउ ओच्‍छे आतोःबा तामरी कल थालउ भिसी प्रभुला ङाच्‍छा कुल्‍गो। चुह्रङ्बा तामसे खालैदा ज्‍यबा आत, तर ङ्‌यान्‍बागदेदा न्‍होङ्ना जे लला।