2 Timothy 2:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाज मान्‍नु नपर्ने र सत्‍यको सन्‍देशलाई ठीकसँग प्रयोग गर्ने सेवकजस्‍तै परमेश्‍वरलाई मनपर्ने गरी उहाँको अगाडि उहाँकै कुरा बोल्‍न तयार भइरहन कोसिस गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफूलाई परमेश्‍वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर; शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठिकसँग प्रयोग गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।
Nepali Tamang 2011
आपेःना परमेश्‍वरला सत्‍य बचन अन्‍छार ज्‍यना लसी गे लबा म्‍हिसे ह्रङ् एसेनोन ह्राङसे ह्राङदान परमेश्‍वरदा सेम निबा म्‍हि दोबारी भङ लउ।