2 Timothy 2:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै पनि ठूलो घरानामा किसिमकिसिमका भाँडा-कुँडाहरू हुन्छन्। त्यहाँ चाँदीका र सुनका मात्र होइन, काठका, माटाका भाँडाहरू पनि हुन्छन्। कुनैकुनै भाँडा ठूलो काममा चलाइन्छ र कुनै सानो काममा चलाइन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा सम्पन्न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको निम्ति र कुनैचाहिँ सामान्य कामको निम्ति प्रयोग गरिन्छ।
Nepali ERV (पवित्र बाइबल)
एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्।
Nepali Tamang 2011
फ्युक्पोला दिमरी म्हरदेन म्हुइला ताङ जे आहिन, तर सिङदेन साप्राला ताङएनोन तमुला। चु ताङगदे कोइ म्हिगदेदा क्योङ्बाला लागिरी तला भिसम कोइ ह्राङलान लागिरी चलब लबाला लागिरी हिन्ना।