2 Timothy 2:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै किसिमका खराब कुराहरूबाट शुद्ध भएर रहेको मानिस छ भने ठूलो इज्‍जतको भाँडाझैँ हुनेछ किनभने उसले त आफैंलाई चोखो राखेर हरअसल कामको लागि मालिकलाई मनपर्दो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जे कुरो अनादरको छ, यदि कसैले त्‍यसबाट आफूलाई शुद्ध पार्‍यो भने त्‍यो आदरका कामको लागि एउटा पात्र बन्‍नेछ, र घरका मालिकको निम्‍ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्‍ति तयार रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने त्यो आदरका कामहरूका निम्ति एउटा पात्र बन्‍नेछ; अनि त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी र हरेक असल काम गर्नमा तत्पर हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले आफूलाई नराम्रो कर्महरूबाट विशुद्ध बनाउँछ भने उसलाई विशेष काममा उपयोग गरिनेछ। त्यो मानिस पवित्र बन्छ अनि ऊ घरको मालिकका निम्ति उपयोगी हुन्छ। ऊ सबै असल कामको निम्ति लायक हुन्छ।
Nepali Tamang 2011
खालै म्‍हिसे ह्राङदा पाप गेग्‍याम चोखो थान्‍जी भिसम थे म्‍हि चा डोन्‍बोदा क्‍योङ्बारी चलब लबा चोखो ताङ ह्रङ्‌बान तला। तिग्‍दा भिसम थेसे ह्राङदान चोखो थान्‍बासे लमा जम्‍मान ज्‍यबा गेरी चलब लबाला लागिरी मालिकदा थे सेम निबा तला।