2 Timothy 2:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जवानीमा आउने नराम्रा इच्छाहरूलाई छोडेर शुद्ध मनले परमेश्वरलाई सहायता मागी पुकार्नेहरूसँग उहाँको अघिअघि ठीक ठहरिने कुरामा विश्वास, प्रेम र शान्तिमा लाग।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण जवानीका खराब अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाम लिनेहरूसित धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग।
Nepali ERV (पवित्र बाइबल)
जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।
Nepali Tamang 2011
थेह्रङ् लसीन भ्योन मुबा धुइरी सेमरी खबा नइबा तामगदे ख्लागो, ओच्छे परमेश्वरदा सेम निबा म्हि दोसी विश्वास, मायादेन शान्तिरी ज्यबा सेमसे प्रभुला मिन किन्बागदेदेन छ्याम भ्रउ।