2 Timothy 2:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यही सुसमाचार सुनाएको हुनाले मैले दु:ख भोगेको हुँ। त्यति मात्र होइन, अपराधीझैँ साङ्लाले बाँधिएर थुनामा परेको छु। तर परमेश्वरको शिक्षाचाहिँ थुनिएको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही सुसमाचार, जसको निम्ति म कष्ट भोगिरहेछु र अपराधीजस्तै साङ्लामा बाँधिएको छु। तर परमेश्वरको वचन त साङ्लामा बाँधिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसै सुसमाचारका लागि म अपराधीझैँ साङ्लोले बाँधिने सम्मको कष्ट भोगिरहेछु; तर परमेश्वरको वचनलाई साङ्लोले बाँध्न सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन।
Nepali Tamang 2011
थार्बा पिन्बा चुनोन समाचार थेःना लबासे लमा ङाइ दुख नाबान मुला, ओच्छे अझ अपराधीदा ह्रङ् लसी ङादा च्याल्दासे खीबा मुला। तर परमेश्वरला थार्बा पिन्बा समाचारदा खाइमै च्याल्दासे खीबारी आखम।