2 Timothy 3:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका बीचमा कति मानिसहरूले घर-घरमा गएर पापैपापले र पापकै इच्छा राख्ने स्वास्नी-मान्छेहरूलाई आफ्नो वशमा राख्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूमध्ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्न मनोभावको कब्जामा परेका कमजोर स्त्रीहरूलाई आफ्ना अधीनमा पार्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू यस्ता मानिसहरू हुन्, जो अर्काका घरहरूमा सुटुक्क पस्छन्, र पापहरूले थिचिएका सबै किसिमका दुष्ट इच्छाहरूले शासन गरेका र नैतिक रूपमा कमजोर भएका स्त्रीहरूलाई लोभ्याउँछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस्ता कति मानिसहरू घर जान्छन् र पापले पूर्ण भएका स्त्रीहरूलाई आफ्ना अधीनमा राख्छन्। तिनीहरूले गर्न चाहने धेरै नराम्रा कुराहरूद्वारा तिनीहरूलाई पाप तिर तानिन्छन्।
Nepali Tamang 2011
तिग्दा भिसम थेह्रङ्बा म्हिगदे न्हङला कोइ कोइ चा दिम दिमरी निसी पापी सेम थोबादेन पापसे नाङ्बा कमजोर म्रिङम्हेमेगदेदा ह्राङला तहरी थान्मुला।