2 Timothy 4:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि प्रभुले नै मेरो साथमा रहेर मलाई शक्ति दिनुभयो। त्‍यसैले मैले अरू जातिका मानिसहरूलाई परमेश्‍वरको सुसमाचार राम्ररी सुनाउन सकें। यसरी उहाँले मलाई सिंहको मुखबाट बचाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सबै अन्‍यजातिहरूले सुन्‍न सकून्‌ भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्‍पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रभुले मेरो पक्ष लिएर मलाई शक्ति दिनुभयो, ताकि मद्वारा सुसमाचार पूर्ण रूपले घोषणा गरिएको होस् र सारा गैरयहूदीहरूले ती सुन्‍न सकून्। मलाई सिंहको मुखबाट छुटकारा मिल्यो।
Nepali ERV (पवित्र बाइबल)
तर प्रभु मेरो साथ हुनुहुन्थ्यो। उहाँले मलाई शक्तिवान तुल्याउनु भयो जसद्वारा मैले अयहूदीहरूलाई सुसमाचार व्याख्या गर्न सकें। प्रभु चाहनुहुन्थ्यो कि सबै अयहूदीहरूले सुसमाचार सुन्नु पर्छ। म सिंहको मुखबाट उम्किएँ।
Nepali Tamang 2011
तर प्रभु ङादेन छ्‌याम तसी ङादा भङ पिन्‍जी। थेतबासेलमा ङाइ अर्गु य्‍हुलला म्‍हिगदेदा थार्बा पिन्‍बा समाचार ज्‍यना लसी थेःना लखम्‍जी। चुह्रङ् लसी परमेश्‍वरसे ङादा सिबाग्‍याम जोगब लजी।