2 Timothy 4:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब त परमेश्‍वरको अघि ठीक ठहरिएको मुकुट मात्र पाउन बाँकी छ। ठीकसँग न्‍याय गर्नुहुने प्रभुले नै मलाई त्‍यस दिन त्‍यो मुकुट लगाइदिनुहुनेछ। मलाई मात्र होइन, उहाँ आउनुहुने बाटो हेर्ने जति सबैलाई नै यो लगाइदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब उप्रान्‍त मेरो निम्‍ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्‍यायाधीश प्रभुले त्‍यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्‍नेहरू सबैलाई दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जुन मुकुट धार्मिक न्यायकर्ता प्रभुले मलाई त्यस दिन दिनुहुनेछ, मलाई मात्र होइन, तर उहाँको दोस्रो आगमनको प्रतीक्षा गरिरहने सबैलाई पनि दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अब एउटा मुकुटले मलाई र्पखिबसेको छ। म परमेश्वरसँग ठिक रहेकोले गर्दा मैले त्यो धार्मिकताको मुकुट पाउने छु। हो, उहाँले मलाई त्यो मुकुट त्यस दिन दिनुहुनेछ। उहाँले त्यो मुकुट ती समस्त मानिसहरूलाई दिनुहुनेछ जसले, उहाँको आगमन चाहेकाछन् अनि जसले उहाँको प्रतिक्षा गरेकाछन्।
Nepali Tamang 2011
परमेश्‍वरदा सेम निबा म्‍हि हिन्‍ना भिसी उन्‍बा मुकुट याङ्बारी जे बाँकी मुला। थे मुकुट ठीक निसाफ लबा प्रभुसेन थे धिनकुनु ङादा कूसी पिन्‍ना। चु मुकुट ङादा जे आहिन, तर थे दोःसी फेप्‍खला भिसी थेदा माया लसी थेला ग्‍याम च्‍यासी चिबागदे जम्‍मादान पिन्‍ना।