3 John 1:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यहाँ आउँदा तिमीहरू सबैलाई उनले हाम्रो विरोधमा के गरे, कस्तो नराम्रो कुरा भने, सो सुनाउनेछु। त्यति मात्र होइन, तिनले परदेशी भाइहरूका विरोध गर्दछन्, आउनै दिँदैनन् अनि उनीहरूको स्वागत गर्न खोज्नेहरूलाई मण्डलीबाट निकालि पनि दिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जब म आउँछु, त्यसले गरिरहेका कामहरूको कुरा उठाउनेछु। हाम्रा विरुद्धमा त्यसले खराब कुराहरू बकिहिँड्छ। त्यतिमा सन्तुष्ट नभएर त्यसले भाइहरूलाई स्वागत गर्न इन्कार गर्छ, र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म आएँ भने त्यसले गरिरहेका कामहरूबारे कुरा उठाउनेछु। त्यसले हाम्रा विरुद्धमा खराब कुराहरू बक्दै हिँड्छ। त्यतिमा पनि सन्तुष्ट नभएर त्यसले अरू विश्वासीहरूलाई स्वीकार गर्दैन र स्वीकार गर्न चाहनेहरूलाई पनि त्यसले रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।
Nepali ERV (पवित्र बाइबल)
जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरुलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरु जसले भाइहरुलाई सहयोग गर्न चहान्छन् तिनीहरुलाई पनि वाधा दिन्छ अनि तिनीहरुलाई मण्डलीबाट बाहिर निकाली दिन्छ
Nepali Tamang 2011
ङा थेरी खमा थेसे लबा जम्मान ताम एनीगदेदा पाङ्ला। थेसे य्हाङला बिरोध लसी लुसीला ताम लबा मुला। चुदे जे आहिन, थेसे विश्वासी ज्योज्यो आले नाना आङागदेदा वास्ता आलमुला। ओच्छे वास्ता लबारी म्हाइबागदेदाएनोन मण्डलीग्याम मङग्यार तेःमुला।