3 John 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डेमेत्रियसलाई चाहिँ सबैले राम्रो भन्‍छन् र सत्‍य आफैंले पनि यो प्रमाण गर्छ। हामी पनि यसको साक्षी दिन्‍छौं। तिमीहरूलाई थाहै छ, हाम्रो साक्षी साँचो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
डेमेत्रियसको निम्‍ति त सबै मानिसले गवाही दिएका छन्, र सत्‍यले पनि सो गवाही दिन्‍छ। हामी पनि गवाही दिन्‍छौं, र तिमी जान्‍दछौ कि हाम्रो गवाही सत्‍य छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
डेमेत्रियसका विषयमा सबैले असल साक्षी दिएका छन्, र सत्यता स्वयम्‌ले पनि त्यही साक्षी दिन्छ। हामी पनि तिनको विषयमा असल बोल्छौँ, र हाम्रो साक्षी सत्य छ भनी तिमी जान्दछौ।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरुले डेमेत्रियसको विषयमा असल कुराहरु गर्छन्। अनि त्यो सत्य तिनीहरुले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छो। अनि तिमीहरु जान्दछौ कि हामी जे भन्छौ त्यो सत्य हो।
Nepali Tamang 2011
तर डेमेत्रियसदा चा जम्‍मासेन ज्‍यबा म्‍हि हिन्‍ना भिसी पाङ्‌मुला, चु ताम मी थेसे लबा सत्‍य गेग्‍यामसेन था याङ्ला। थेला बारेरी स्‍य्‍हान्‍दो म्‍हिगदेसे पाङ्बा ताम ङन्‍सेनोन पाङ्‌खम्‍ला। ङन्‍से पाङ्बा ताम सत्‍य ताम जे तमुला भिबा ताम एनीगदेदा थानोन मुला।