3 John 1:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रिय भाइ, तिम्रा सबै कुरा राम्रा हुन् भनेर प्रार्थना गर्छु। तिम्रो आत्‍माजस्‍तै शरीर पनि निरोगी होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्‍वास्‍थ्‍य ठीक रहोस्‌। तिम्रो आत्‍मिक जीवन ठीक छ भन्‍ने म जान्‍दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्‍नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।
Nepali ERV (पवित्र बाइबल)
मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्।
Nepali Tamang 2011
ङाला सेम निबा ह्रो, ए विश्‍वासरी ज्‍यबा मुला भिबा ताम ङादा था मुला। थेह्रङ् लसीन एदा सदन ज्‍यबा तगै भिसी ङाइ एला लागिरी प्रार्थना लबा मुला।