3 John 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले मण्‍डलीको सामु तिम्रो प्रेमको बारेमा बताएका छन्। तिमीले परमेश्‍वरलाई मन पर्ने किसिमले उनीहरूलाई सहायता गरेर यात्रा जारिराख्‍न मद्दत दिए असल हुन्‍छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मण्‍डलीको सामुन्‍ने तिम्रो प्रेमको गवाही दिएका छन्‌। परमेश्‍वरको दृष्‍टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्‍ध मिलाइदियौ भने तिमीले असल गर्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तिम्रो प्रेमको विषयमा मण्डलीलाई साक्षी दिएका छन्। परमेश्‍वरलाई मनपर्ने रीतिले तिनीहरूलाई आफ्ना यात्रामा पठाऊ।
Nepali ERV (पवित्र बाइबल)
यी भाइहरुले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरुलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरुलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्।
Nepali Tamang 2011
एसे थेनीगदेदा गाते माया लसी वास्‍ता लजी भिबा ताम थेनीगदेसे मण्‍डलीला ङाच्‍छा पाङ्बा मुला। थेनीगदेसे लबारी छ्‌याइबा गेरी एसे अझ ह्रो लसम एला गेग्‍याम परमेश्‍वर ताङ्ला।