Acts 1:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आकाशतिर एकोहोरो भएर हेरिरहँदा सेता लुगा लगाएका दुई जना मानिसहरू एक्कासि तिनीहरूकै अघि उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ आकाशतिर माथि जाँदै गर्नुहुँदा तिनीहरू एक टकले हेरिरहेका थिए, तब त्यसै बेला अकस्मात् सेता पोशाकमा दुई जना मानिस तिनीहरूका नजिक प्रकट भए।
Nepali ERV (पवित्र बाइबल)
येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए।
Nepali Tamang 2011
थेनीगदे एकोहोरो तसी मुपट्टि च्यासी चिबा धुइरी तिक्खुरीन तार क्वान क्वान्बा म्हि न्ही थेनीगदेला ङामरी राप्जी।