Acts 1:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “ए गालीलका मानिस हो, तिमीहरू किन उभिएर आकाशतिर हेर्दै छौ? येशू त स्वर्गमा जानुभयो। उहाँलाई जसरी तिमीहरूले अहिले गइरहेका देख्यौ, त्यसरी नै उहाँ फेरि कुनै दिन फर्की आउनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, आकाशतिर हेर्दै तिमीहरू किन उभिरहेका छौ? तिमीहरूका बीचबाट स्वर्ग लगिइनुभएको यही येशू, जसरी अहिले स्वर्ग जानुभएको तिमीहरूले देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”
Nepali Tamang 2011
ओच्छे थे म्हि न्हीसे थेनीगदेदा “गालीलला म्हिगदे, तिग्दा एनीगदे मुपट्टि च्यासी राप्सी चिबा? एनीगदे मुबाग्याम स्वर्गरी फेप्बा चुनोन येशू दान्दे एनीगदेसे खाह्रङ् लसी स्वर्गरी फेप्बान लबा म्राङ्बा मुला। थेह्रङ् लसीन थे दोःसी फेप्खला” भिसी भिजी।