Acts 1:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम पुगेर तिनीहरू आफू बस्‍ने गरेको घरको माथिल्‍लो तलामा चढी एउटा कोठामा जम्‍मा भए। त्‍यहाँ जम्‍मा हुनेहरूमा पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्‍फयसका छोरा याकूब, देशभक्त दलका सिमोन र याकूबका छोरा यहूदा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहर भित्र पसेपछि तिनीहरू माथिल्‍लो तलाको आफू बस्‍ने कोठामा उक्‍ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्‍फयसको छोरो याकूब र उग्रपन्‍थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यहाँ आइपुगेपछि, तिनीहरू आफू बसेको माथिल्‍लो तलाको कोठामा गए। पत्रुस, यूहन्‍ना, याकोब र अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरा याकोब र सिमोन कनानी र याकोबको छोरा यहूदा उपस्थित थिए।
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।
Nepali Tamang 2011
शहररी धोमाहेन्‍से थेनीगदे ह्राङ चिबा दिमला तलाथोला कोठारी वाङ्‌जी। थेनीगदे पत्रुस, यूहन्‍ना, याकूब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्‍फयसला झा याकूब, ह्राङला य्‍हुल्‍सादा माया लबा म्‍हि भिबा सिमोन ओच्‍छे याकूबला झा यहूदा मुबा।