Acts 1:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“दाजुभाइ हो, धर्मशास्‍त्रमा पनि पवित्र आत्‍माले राजा दाऊदद्वारा यहूदाको बारेमा बोल्‍नुभएको थियो। ती कुराहरू पूरा हुनु नै पर्थ्‍यो र पूरा पनि भए। येशूलाई पक्रिने मानिसहरूलाई अगुवाइ गर्ने यहूदाचाहिँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“भाइ हो, धर्मशास्‍त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्‍माले बोल्‍नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र भने, “दाजुभाइ-दिदीबहिनीहरू हो, येशूलाई पक्राउनेहरूको अगुवा यहूदाको बारेमा पवित्र आत्माले दावीदको मुखद्वारा जे वचन धेरै पहिल्यै बोल्नुभएको थियो, पवित्रशास्त्रको त्यो वचन पूरा हुनैपर्थ्यो।
Nepali Tamang 2011
“ज्‍योज्‍यो आले नाना आङागदे, परमेश्‍वरला बचनरी येशूदा चुङ्बा म्‍हिगदेला नेता यहूदाला बारेरी दाऊद ग्‍लेसे ङाच्‍छान परमेश्‍वरला आत्‍माग्‍याम पाङ्बा मुबा। थे बचनरी मुबा ताम पूरा तनोन तोःबा मुबा।