Acts 1:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाले अधर्मले कमाएको पैसाले एउटा खेत किन्यो। त्यही खेतमा ऊ उँधोमुन्टो भई खसेर मर्यो र उसको पेट फुटेर आन्द्राभुँडी छरिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुन्टो भई खस्यो र त्यसको भुँड़ी फुट्यो, र त्यसका सबै आन्द्रा-भुँड़ी निस्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(आफ्नो दुष्टतापूर्ण कामको इनामबाट यहूदाले एउटा खेत किन्यो। त्यही खेतमा त्यो उँधोमुन्टो भई खस्यो र त्यसको भुँडी फुट्यो, र त्यसका सबै आन्द्राभुँडी बाहिर छरपस्ट भए।
Nepali ERV (पवित्र बाइबल)
यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुट्यो, सबै आन्द्रा भुँडीहरू निस्किए।
Nepali Tamang 2011
ओच्छे यहूदासे आज्यबा गे लसी स्होबा टाङगासे बु गिक ग्लुजी। थे बुरी ह्राङनोन सिसी सरी ह्रिल्मा थेला फो थिसी ग्रुङ फो थोन्जी।