Acts 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब भजनसंग्रहको पुस्‍तकमा दाऊद राजाले यसरी लेखेका छन्— त्‍यसको घर रित्तो होस्, त्‍यसमा कसैले बास नगरोस्। फेरि, त्‍यसले गर्ने कामको जिम्‍मा अर्कोले नै लेओस्! भनेर पनि लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसले भने, “किनकि भजनको पुस्‍तकमा यसो लेखिएको छ, ‘त्‍यसको वासस्‍थान उजाड होस्, र त्‍यहाँ वास गर्ने कोही नहोस्, र त्‍यसको कार्य पदाधिकार अर्कोले लिओस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले भने, “किनकि भजनहरूको पुस्तकमा लेखिएको छ, “ ‘त्यसको ठाउँ उजाड होस्; त्यहाँ बास गर्ने कोही नहोस्,’ र, “ ‘त्यसको नेतृत्वको ठाउँ अरूले लेओस्।’
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छः ‘उसको घर जनहीन होस्। कोही पनि त्यहाँ नबसुन्।’ भजनसंग्रह 69: 25 अनि यस्तो पनि लेखियोः ‘त्यसको काम अरू कसैले लैजावोस्।’ भजनसंग्रह 109:8
Nepali Tamang 2011
पत्रुससे दोःसी चुह्रङ् भिसी भिजी, “‘थेला दिम थान्‍थान तगै, थेरी खालै थाचिगै।’ ओच्‍छे ‘थेसे याङ्बा अधिकार स्‍य्‍हान्‍दोसेन जिम्‍मा किन्‍गै’ भिसी व्‍हाइला किताबरी भ्रिबा मुला।