Acts 1:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दु:ख भोगेर क्रूसमा मर्नुभएपछि उहाँ चालीस दिनसम्म घरीघरी तिनीहरूकहाँ देखा पर्नुभयो र विभिन्न किसिमका पक्का प्रमाणहरूद्वारा आफैंलाई जिउँदो छु भनी देखाउनुभयो। तिनीहरूले उहाँलाई देखे र उहाँले तिनीहरूसँग परमेश्वरको राज्यको बारेमा कुरा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यी सबै घटनाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाण गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसंग परमेश्वरका राज्यको विषयमा बताउनुभयो।
Nepali Tamang 2011
येशू सिसी जिन्माहेन्से ह्राङदा सिबाग्याम सोना लबा मुला भिबा ताम ल्हानान ग्यामसे उन्बाला लागिरी बोगल न्ही धिनधोना ह्राङला चेलागदे मुबा ग्लारी फेप्खजी। ओच्छे थेनीगदेदा परमेश्वरला य्हुल्साला बारेरी सुङ्जी।