Acts 1:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकपल्ट येशू तिनीहरूसँग भेला भएर खान बस्नुहुँदा उहाँले तिनीहरूलाई यसरी आज्ञा दिनुभयो, “तिमीहरू यरूशलेम नछोडी मेरा पिताले प्रतिज्ञा गर्नुभएको वरदानलाई पर्खेर बस। त्यो वरदानको बारेमा मैले तिमीहरूलाई अघि पनि भनेको थिएँ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूसँगै भोजन गरिरहेको बेला एक पल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्नू। त्यो प्राप्त नभएसम्म यरूशलेमलाई नछोड्नू।
Nepali ERV (पवित्र बाइबल)
एक समय जब येशू तिनीहरूसंग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा र्पखिनु पर्छ।
Nepali Tamang 2011
तिरेकुनु थेनीगदेदेन छ्याम धन्छ्यासी सोल छ्योइबा धुइरी येशूसे थेनीगदेदा चुह्रङ् भिसी कुल्जी, “एनीगदे यरूशलेम शहर ख्लासी खानङएनोन थानिउ। परमेश्वर आबासे ह्राङला आत्मा पिन्ना भिसी लबा कबुल आयाङ्तेधोना भ्रान्सी चिउ। थे कबुलला बारेरी ङाइ एनीगदेदा ङाच्छान पाङ्सी जिन्बा मुला।