Acts 10:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले देखेको यो कुरा नबुझेर पत्रुस अकमक्‍क परे। त्‍यति बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर पुगेर ढोकामा उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्‍योलमा परेका थिए, त्‍यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्‍दै ढोका अगाडि खड़ा भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दृष्यको अर्थ के होला भनी यस बारेमा पत्रुस अकमक्‍क परिरहेका थिए, तब त्यही बेला कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर सोधपुछ गर्दै उनको ढोकामा आइपुगे।
Nepali ERV (पवित्र बाइबल)
यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे। यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए।
Nepali Tamang 2011
ह्राङसे म्राङ्बा तामला अर्थ तिग मुला तला भिसी पत्रुस अलमल तसी चिमुबा। थेनोन धुइरी कर्नेलियससे पुइबा म्‍हिगदे सिमोनना दिम म्‍हाइबान निमा दिम स्‍याप्‍सी म्रापरी राप्‍जी।