Acts 10:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यतिखेर पत्रुसचाहिँ अझै आफूले देखेको दर्शन बुझ्ने कोसिस गरिरहेका थिए। परमेश्वरको आत्माले तिनलाई भन्नुभयो, “सुन, तल तीन जना मानिसहरूले तिमीलाई खोज्दै छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्दैछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्।
Nepali Tamang 2011
थे धुइरी पत्रुस ह्राङसे म्राङ्बा तामला बारेरी म्हन्सी चिबा मुबा। थेनोन धुइरी परमेश्वरला आत्मासे पत्रुसदा चुह्रङ् भिसी सुङ्जी, “च्यागो, एदा म्हि सोमसे म्हाइबान मुला।